Notice
आवेदन रद्द गरिएकोसम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट UNDERGRADUATE LEVEL बायो समुहको छात्रवृत्ति छनौट परीक्षाको आवेदनका लागि 10+2 वा सो सरहको परीक्षामा PHYSICS, CHEMISTRY, BIOLOGY विषय लिई सो विषयहरुमा न्युनतम ५० प्रतिशत अङ्क प्राप्त गरी कूल पूर्णाङ्कमा समेत कम्तिमा ५० प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने भनी सूचना प्रकाशित गरिएकोमा आवेदकहरुको आवेदन फाराम तथा संलग्न शैक्षिक योग्यताका प्रमाणपत्रहरु रुजु गर्ने क्रममा देहायका उम्मेदवारहरुको PHYSICS, CHEMISTRY, BIOLOGY बिषयमा प्रत्येक विषयमा तोकिएको ५० प्रतिशत अङ्क प्राप्त गरेको नदेखिएको हुंदा निजहरुको आवेदन रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
विवरणका लागि तलको PDF document हेर्नुहोला ।
| Attachment | Size |
|---|---|
| cancelled.pdf | 37.71 KB |
परीक्षा आवेदकहरूको विवरणसम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट UNDERGRADUATE LEVEL का MBBS, BDS, BAMS, BSc NURSING, B. PHARMACY, BPH लगायतका विषयहरुमा प्राप्त हुन आउने छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न २०६८ कार्तिक २६ गते शनिबार दिनको १:०० बजेदेखि सञ्चालन गरिने बायो समुहको छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन पेश गर्ने उम्मेदवारहरुसंग सम्बन्धित विवरण मन्त्रालयको सूचनापाटीमा समेत प्रकाशन गरिएको छ उक्त विवरणमा कुनै त्रुटी भई सच्याउनुपर्ने भएमा लिखित परीक्षा अगावै मिति २०६८ कार्तिक २५ गते भित्र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा स-प्रमाण सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षार्थीहरुको विवरणका तलको Pdf. मा राखिएको छ ।
| Scholarship Exam,kartik 2068 Applicants |
परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकार
शिक्षा मन्त्रालय
छात्रवृत्ति शाखा
नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट UNDERGRADUATE LEVEL का MBBS, BDS, BAMS, BSc NURSING, B. PHARMACY, BPH लगायतका विषयहरुमा प्राप्त हुन आउने छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न २०६८ कार्तिक २६ गते शनिबार दिनको १:०० बजेदेखि सञ्चालन गरिने बायो समुहको लिखित परीक्षाको परीक्षा केन्द्र CCTV रहेका काठमाण्डौ जिल्लाका देहायका शिक्षण संस्थाहरुमा कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
- एल.आर.आई, उच्च मा.बि.कलंकी, काठमाण्डौं, रोल नं १ देखि १५०० सम्म
- टि्नीटी इन्टरनेशनल कलेज डिल्लीबजार हाईट, काठमाण्डौं, रोल नं १५०१ देखि २५०० सम्म
- पेन्टागन इन्टरनेशनल कलेज ,तीनकुने, काठमाण्डौं रोल नं २५०१ देखि ३४०० सम्म
- एम्बिसन कलेज, सहभागिता मार्ग, नयाँ वानेश्वर, काठमाण्डौं रोल नं ३४०१ देखि ४१०० सम्म
- नोबेल एकेडेमी, नयाँ वानेश्वर, काठमाण्डौं रोल नं ४१०१ देखि ४८०० सम्म
- कलेज अफ एप्लाईड विजनेश, टंगाल, काठमाण्डौं रोल नं ४८०१ देखि ५२०० सम्म
- नासा इन्टरनेशनल कलेज, तीनकुने, काठमाण्डौं रोल नं ५२०१ देखि ५७५४ सम्म
· लिखित परीक्षाका लागि मन्त्रालयबाट नै GEL PEN उपलब्ध गराइनेछ ।
· परीक्षार्थीहरुले प्रवेश पत्र अनिवार्य रुपमा साथै लिई आउनु पर्नेछ ।
· CALCULATOR प्रयोग गर्न पाइनेछ तर मोवाइल लगायतका अन्य ELECTRONIC उपकरणहरु निषेध गरिएको छ ।
· परीक्षाकेन्द्रहरुको LOCATION MAP का लागि सम्बन्धित कलेजको नाममा click गर्नुहोला
















